चिसोका कारण मानवीय क्षति हुन नदिन प्रदेश नं २ सरकारले न्यानो लुगा वितरण गर्ने

कोल्हवी न्यूज
२०७८ पुष १७, शनिबार ०६:४३ गते

अत्याधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले आवश्यक तयारी थालेको छ । वर्षासँगै चिसो बढेपछि प्रदेश नं २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं ।” यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ ।

‘‘शीतलहरबाट जोगिन पूर्व तयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं”, उनले भने, ‘‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरा लगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।”

शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उनले बताए । विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहको भनाइ छ ।

बर्षेनी चिसोबाट प्रदेश नं २ मा करिब १५ प्रतिशत नागरिक प्रभावित हुने गरेको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । ‘‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन”, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने, ‘‘अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन्, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।”

हरेक वर्ष हुने शीतलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणहरू ज्यान गुमाउने गरेका छन् । पछिल्ला चार वर्षमा चिसोका कारण प्रदेश नं २ मा ७४ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*