८ वर्षीय बालकलाई अपहरण गर्न खोज्ने १ जना वीरगञ्जबाट पक्राउ

कोल्हवी न्यूज
२०७८ पुष १५, बिहीबार ०५:४३

८ वर्षिय बालकलाई हात खुट्टा बाँधी अपहरण गर्न खोज्ने १ युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलमा साथीहरुसँग खेल्दै गरेका ८ वर्षीय बालकलाई मादक पदार्थ सेवन गरी नशाको तालमा हात खुट्टा बाँधेर अपहरण शैलीमा अन्यत्रै लैजान खोज्ने

वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ पिप्राका २३ वर्षीय अवधेश पटेललाई प्रहरीले पक्राउ गरेको हो ।आफ्ना साथीहरुसँग खेल्दै गरेका जितेन्द्र पटेलका ८ बर्षीय छोरा अभिराज पटेललाई गलबन्दीले हात खुट्टा बाँधी लिएर जादै गर्दा अन्य बच्चाहरुले हल्ला गरेपछी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पक्राउ परेका व्यक्ति लागुऔषध सेवनकर्ता रहेको र नशाको सुरमा बच्चालाई गलबन्दीले बाँधेको बुझिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*