सप्तरीमा हात्ती मारेर गाडेको आरोपमा एक जना पक्राउ

कोल्हवी न्यूज
२०८३ कार्तिक १, शनिबार ०६:१३ गते

सप्तरी । सप्तरीमा हात्ती मारेर खाल्डोमा गाडेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धानखेतमा हात्ती गाडिएको अवस्थामा फेला परेपछि घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षको नियमित गस्ती टोलीले कंकालिनी मन्दिरबाट करिब एक किलोमिटर उत्तरपूर्वतर्फ रहेको धानखेतमा हात्ती गाडिएको अवस्थामा फेला पारेको थियो। हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए।

ठाकुरका अनुसार गाडिएको हात्तीलाई बाहिर निकालेर पोस्टमार्टम भइरहेको छ। हात्तीलाई दुईदेखि तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशंका गरिएको छ।

हात्तीको मृत्यु कसरी भयो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*