कोल्हवीमा पौष ७ गतेदेखि १० गते सम्म सिरसा गढिमाई मेला हुने

धिरेन्द्र पनुहर
२०७८ पुष ६, मंगलवार १९:४८ गते

कोल्हवी/बारा जिल्लाको कोल्हवी नगरपालिका ६ अधनवामा पौष ७ गतेदेखि १० गते सम्म श्री सिरसा गढिमाइ मेला २०७८ हुने भएको छ ।
मेला आयोजक समितिले आज पत्रकार सम्मेलन गरेर मेलाको बारेमा जानकारी दिएको हो ।
समितिका अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले सिरसा गढिमाइको आफनै किसिमको इतिहासको रहेको र यस गाउँको वरिपरि टोलको सहयोगले यो मेला नौ बर्ष पछी लागिरहेको बताउनु भयो । मेलामा शान्ति सुरक्षा चुस्त र दुरुस्त रहेको बताउनु भयो ।मेलामा मनोरञ्जनको लागि विभिन्न किसिमका खेल तमासा सर्कस झुलुवा मौतको कुवाको ब्यवस्था रहेको र बुधबार कोल्हबी नगरपालिकाको नगर प्रमुख भरत बहादुर भण्डारीले मेलाको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा मेला ब्यवस्थापन समितिको अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, उपाध्यक्ष रघुनाथ चौधरी, सचीव राजेन्द्र ठाकुर, सदस्यहरु नन्दकिशोर चौधरी, सुरेन्द्र पासवान, समाजसेबी छविलाल चौधरी, दिपेन्द्र चौधरी, हरिनन्दन चौधरी, सस्कार एफ एम कलैयाका श्याम पाण्डे, पातालगङा एफ एमकोल्हबिका प्रतिनिधि जितेन्द्र चौधरी ,कोल्हबी एफएमका ज्ञानु चौधरी रेडियो बादलका नुर आलम बादसाह, गजेन्द्र कुशवाहा लगाएतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*