स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मंगलबार बाँडफाँट

कोल्हवी न्यूज
२०८३ जेष्ठ १२, मंगलवार १५:३२ गते

 स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि सो कम्पनीको आईपीओ खुलेको थियो ।

आईपीओमा २५ लाख २७ हजार ८५५ आवेदन सदर भएका थिए । सदर आवेदनमाझ गोलाप्रथा गरी ७७ हजार ८१२ जनालाई सेयर दिइएको छ । तीमध्ये ५ आवेदकले ११ कित्ता तथा बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर खुलाएको थियो । कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए जलविद्युत आयोजना’ सञ्चालन गरेको छ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १०७. ४६ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । संचित नाफा ५ करोड ५९ लाख रुपैयाँ छ ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको लागत प्रतिमेगावाट २० करोड १४ लाख रुपैयाँ छ । कुल लागत २ अर्ब ७१ करोड रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*