‘हम हई भोजपुरीया बाबू नेपालके’ एल्बमको शुभमहुर्त

कोल्हवी न्यूज
२०७८ पुष ६, मंगलवार ०८:३४ गते

गायक सुनिल पंडितको गिती एल्बमको शुभमहुर्त गरिएको छ ।वीरगञ्जस्थित गहवामाई मन्दिरमा ‘हम हई भोजपुरीया बाबू नेपालके’ एल्बमको शुभमहुर्त वीरगञ्जका उद्योगपति अशोक वैद्यले गरेका थिए ।

नेपाल भातर सहयोग मञ्चका अध्यक्ष समेत रहेका उद्योगी वैद्यले स्थानीय गायक सुनिल पंडितले नेपाल भारत वीचको रिती संस्कृति र कुप्रथामा अधारित रहेर एल्बम बनाउन लागेकोमा शुभकामना दिए । उनले एल्बममा नेपाल र भारतका कलाकारहरुको सहभागिताले पनि नेपाल भारत वीच बेटीरोटीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

करिब साढे ३ लाखमा निर्माण गर्ने एल्बम अगामि फागुनमा रिलिज गर्ने लक्ष्य राखिएको छ । ५ वटा गीत रहेको एल्बममा गायक सुनिल पंडित, शिल्पी राज, अन्तरासिंह प्रियकाको स्वर रहेको छ । संगीतकार मनोज बन्टी र सन्तोष राजले संगीत भरेका छन् । शुभमहुर्तको अवसरमा स्थानीय गायक सोधा यादव, वीरगञ्जका कालाकार दीपनारायण शर्मा, कालकार धीरज पंडित, वरेन्द्र क्षेत्रीलगायत अतिथिहरुको समेत सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*