पर्सासहित तराईमा शितलहर बढ्दै, जनजीवत प्रभावित

कोल्हवी न्यूज
२०७८ पुष ६, मंगलवार ०८:३० गते

वीरगञ्जसहित बारा पर्सा लगायत तराईका जिल्लाहरुमा शीतलहरसँगै चिसो बढ्दै गएको छ । चिसो बढ्दै गएसँगै नागरिकको दैनिकी पनि प्रभावित हुँदै आएको छ । गर्मीमा अत्यधिक गर्मी र चिसोमा अत्यधिक चिसो हुने वीरगञ्जसहितका जिल्लामा शितलहर सुरु भएसँगै हुस्सु लाग्ने क्रम पनि सुरु भएको छ । दिउँसोको तुलनामा बिहान र बेलुकीपख चिसो बढी हुने गरेको छ ।

अत्यधिक चिसोका कारण घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीय बताउँछन् । सोमबार यो वर्षकै अहिलेसम्म सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ । कार्यालय प्रमुख केशवराज खरेलकाअनुसार आज बिहानको न्युनतम तापक्रम ६।० डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार साँझको अधिकतम तापक्रम २१।५ डिग्री सेल्सियस मापन गरिएको प्रमुख खरेलले बताए । आजको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान कार्यालय सिमराले जनाएको छ ।

चिसोका कारण सबैभन्दा बढी प्रभावित बालबालिका र बृद्धबृद्धा हुने गरेका छन् । चिसो मौसममा बिहानै स्कुल कलेज जाने बालबालिकाहरुलाई समस्या हुने गरेको छ । बिहानीको कक्षालाई अब दिउँसो बनाउनेतर्फ पनि विद्यालयमा छलफल सुरु भईरहेको मुनलाईट मा।वि।का प्रधानाध्यापक श्याम केसीले बताए ।

चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको कपडा व्यावसायी कौशल किशोर वर्णवालले बताए । बजारमा कोट, ज्याकेट, स्वीटरसहितका न्यानो कपडाको बिक्रि वितरण बढेको वर्णवालको भनाई छ । चिसो बढ्दै जाँदा मोसमी रुघाखोकी र ज्वरोका बिरामीको संख्या पनि बिस्तारै बढ्न थालेको नारायणी अस्पतालका फिजिसियन डा। उदयनारायण सिँह बताउँछन् ।

चिसो मौसममा विशेष गरी बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न नारायणी अस्पतालकै फिजिसियन डा। सरोजरोशन दासले आग्रह गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेकोमा यस वर्ष कसैले पनि ज्यान नगुमाउने गरी दाउरा बितरणदेखि न्यानो कपडा एवम् कम्बल वितरण लगायतका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले अपिल गरेका छन् । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*