म्युजिक खबर अवार्डको सम्मान घोषणा

कोल्हवी न्यूज
२०७८ पुष ६, मंगलवार ०८:२२ गते

आगमी आइतबार राजधानीमा हुने नवौं म्युजिक खबर म्युजिक अवार्ड २०२१ मा गीत संगीत क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरिने भएको छ। सो अवसरमा गीतकार राजेन्द्र थापालाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ। पोहोर साल खुसी फाट्दा, पर लैजाऊ फूलहरू, क्या दामी, याद गर्न पनि, गाला रातै, पहिलो नम्बरमाजस्ता गीतका गीतकार थापालाई यस वर्षको म्युजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको आयोजकले जनाएका छन्।

त्यसैगरी, यस वर्षको डायस्पोरा संगीत सम्मान गायक रामप्रसाद खनाललाई प्रदान गरिने भएको छ। गायक खनालले दोहोरी प्रतिस्पर्धालाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेवापत यो सम्मान प्रदान गरिन लागेको आयोजकले जानकारी गराएका छन्।

त्यस्तै, यस वर्षको म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ। नेपाल समाचारपत्रका समाचार सम्पादक गिरीलाई करिब तीन दशकदेखि पत्रकारिताका माध्यमले संगीत क्षेत्रको विकास र प्रवद्र्धनका लागि योगदान गरेवापत सो सम्मानबाट सम्मानित गर्न लागिएको हो ।

त्यसैगरी, गायक हेमन्त शर्मा र गायिका सीता थापालाई यस वर्षको म्युजिक खबर दशकको स्रष्टा सम्मानबाट सम्मानित गरिने भएको छ। गायक हेमन्त शर्मा दुई दशक लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील छन् भने गायिका थापा काठ क्षेत्रको सांगीतिक इतिहास बोकेकी गायिका हुन् ।यस वर्षको युवा प्रतिभा संगीत सम्मान गायक राजु ढकाललाई प्रदान गरिने भएको छ। गायक ढकाल दुई दशकदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील छन्। बालप्रतिभा प्रोत्साहन सम्मान बाल गायिका सफलता श्रेष्ठलाई प्रदान गरिने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*