‘चपली हाईट ३’ सरेर पुस १५ मा प्रदर्शन हुँदै

कोल्हवी न्यूज
२०७८ पुष १, बिहीबार ०६:३० गते

चलचित्र ‘चपली हाइट – ३’ ले प्रदर्शन मिति सारेको छ। पुसको २ गते प्रदर्शन हुने भनिएको चलचित्रलाई निर्माण टोलीले सारेर पुस १५ मा पुर्‍याएका छन्। चलचित्रका निर्माता अर्जुन कुमारले चलचित्रलाई अंग्रेजी वर्षको दिनमा प्रदर्शन गर्ने बताएका छन्। जनवरी १ मा नेपाली चलचित्र कठपुतली अनि बलिउडको चलचित्र जर्सी प्रदर्शन हुँदैछ। विविध कारण देखाउँदै निर्माताले चलचित्रको प्रदर्शन मिति सार्नुपरेको जनाएका छन्।

चलचित्रमा स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको छ भने सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारी, सुस्मा निरौला लगायतका कलाकारको भूमिका रहेको छ।

अर्जुन कुमारको लगानी रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन्। चलचित्रमा पुरुषेत्तम प्रधानको छायांकन, सुवास भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको ब्यागराउण्ड स्कोर र दीर्घ खड्काको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*