पर्सामा बिभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ
पर्सा जिल्लाको बिरगंजबाट अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने तथा बिभिन्न प्रलोभन देखाई बालिकालाई जबरजस्ती करणी गर्ने एक जना भारतिय पक्राउ परेका छन ।
१६ वर्षीया पीडित बालिकालाई प्रलोभन देखाई यहि असोज २४ गते फोन गरी बोलाई बिरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर स्थित आफ्नै कोठामा लगी सोही रातिको समयमा पटक पटक करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाड बस्ने २९ वर्षका सतवन्त सिंह रहेको छ । उनलाई बालिकाको अभिभावकले असार २६ गते जाहेरी दर्खास्त दिएको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता एवं सुचना अधिकारी ओम प्रकाश खनालले जनाएको छ।