१८ लाख रुपैयाँसहित वीरगञ्ज घडीअर्वाका चन्दन र ओमप्रकाश पक्राउ

कोल्हवी न्यूज
२०७८ मंसिर २७, सोमबार ०६:२२

वीरगञ्जको घण्टाघरबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेका छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतिर जाँदै गरेको ना।१६ प। ५४४६ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा स्रोत नखुलेको १८ लाख नगद फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय चन्दन कुमार साहले बोकेको झोलाबाट अवैध रकम फेला परेको हो । उनीसँगै मोटरसाईकलमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडीअर्वा निवासी ४४ वर्षीय ओमप्रकाश गुप्तालाई पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकश खनालले बताए ।

प्रवक्ता खनालकाअनुसार पक्राउ परेका दुवैजनाविरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*