बारामा ६६ प्रतिशतलाई पुस भित्र कोरोना विरुद्धको खोप लगाईने

बारामा अहिले पनि ७० प्रतिशत भन्दा बढी मानिसहरु कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित रहेको कलैयामा तथ्यांक सार्वजनिक गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बारामा पत्रकारसंगको अन्र्तक्रिया गर्दै बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले तथ्यांक सार्वजनिक गर्दै अहि अउदो पुस मसान्त सम्ममा १५ वर्ष माथि उमेरका ६६ प्रतिशत जनसंख्यालाई खोप लगाई सक्नु पर्ने लक्ष्य लिईएको जानकारी दिए ।
कोभिड– १९ को नयाँ भेरिएन्ट ९ओमीक्रोन० नामक भाइरस फेला परेको र यसको वृद्धीदर उच्च रहेको छ । नेपालमा पनि २ जनामा ओमीक्रोन भाईरस पुष्टी भईसकेकोले त्यसको प्रभावबाट जिल्लावासीलाई सुरक्षित राख्न खोप अभियानलाई तिब्र बनाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको प्रजिअ कटुवालले बताए । जिल्ला खोप समन्वय समितिका बाराका अध्यक्ष समेत रहेका प्रजिअ कटुवालले लक्ष्य पुरा गर्न स्वास्थ्यकर्मीहरु उच्च मनोवलका साथ अभियानमा जुटेको जानकारी दिए ।
‘ओमिक्रोनको प्रभावबाट बच्न जनसमुदायले स्वास्थ्यको निर्दिष्ट मापदण्डहरु पुर्ण रुपमा पालना गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘सरकारको तर्फबाट खोप लागउने अभियान हालसम्म स्थानीय तहहरुको सहकार्यमा संचालनमा छ ।’ अभियानको क्रममा संकलति तथ्यांक अनुसार जिल्लामा अहिलेसम्म ३७ प्रतिशत नागरिकले खोपको पहिलो मात्र र ३१ प्रतिशत नागरिकले दोश्रो मात्रा कोभिडसिल, भेरोसिल, जोनसोन अस्ट्राजेनिका खोप लगाईसकेको उनले बताए । यही पुस महिनाको पहिलो साता सम्ममा एक लाख २० हजार डोज खोप नागरिकलाई लागाउन खोप अभियानलाई तिब्र पारिएको उनले जानकारी दिए ।
अभियानलाई सफल पार्न र समाजलाई कोरोनाबाट जोगाउन नागरिक समाज, पत्रकार, समाजका अगुवा, महिला स्वास्थ्य स्व्यमसेविका तथा विभिन्न संस्थाका प्रतिनिधीलाई आ हाफ्नो स्थानबाट सहयोग गर्न उनले आग्रह गरे । आर्थिक वर्ष २०७८र०७९ मा हालसम्म ९ पटक खोप अभियान जिल्लाको सबै स्वास्थ्य संस्थाका गरी एक सय ५८ खोप केन्द्रबाट संचालन भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यावले जानकारी दिए । यही मंसिर २१ देखी २३ गते सम्म कलैया उपमहानगरपालिका अन्र्तगतका सबै स्वास्थ्य संस्थाहरुमा संचालन भईरहेकोले १५ वर्ष माथिका सबैले अनिवार्य भ्याक्सीन लगाउन उनले आग्रह गरे ।









