प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै

कोल्हवी न्यूज
२०८३ जेष्ठ ११, सोमबार ०७:०६ गते

फाइल तस्बिर

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्न लागेको छ । आज सार्वजनिक लेखा समितिकानुन, न्याय तथा मानव अधिकार समिति को बैठक तय गरिएको हो ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बेरुजुको आयतन उच्च रहेका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरणका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय को कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गरिने जनाइएको छ ।

समितिको बैठकमा होल्डिङ सेन्टरसम्बन्धी स्थलगत अवलोकन प्रतिवेदनमाथि पनि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*