पर्साको ग्रामिण भेगमा डि.ए.पी.मलको अभाव, गेहुखेतीगर्ने किसान समस्यामा

कोल्हवी न्यूज
२०७८ मंसिर २१, मंगलवार ०६:३७ गते

पर्साको ग्रामिणभेगमा डि।ए।पी।मलको अभावले गेहुखेतीमा किसानहरुको समस्या भै रहेको छ । हाम्रो देश नेपालमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार भैपनि कुनै सरकारको किसानप्रती ध्यान न रहेको सखुवाप्रसौनी गाउँ पालिकाको वडा नम्बर ५ का किसान नरेश यादवले बताए ।

कृषि सामग्री संस्थाले सहकारी संस्थाहरुलाई एक लौटमा मात्र ४० बोरा डि.ए.पी. मल सखुवाप्रसौनी गाउँपालिकाले तोकिएको नियम अनुसार प्रत्येक सहकारीलाइ एउटा वडामा ८ दीनको अन्तरालमा ४० बोरा मल साहकारीलाइ छुट्याएको हुदा मल बितरणमा धेरै नै समस्या रहेको पाइएको छ ।

बिहान तिनै बजेदेखी सहकारी सन्स्थाहरुको गेट अगाडि लाइनमा बसेपनी पर्याप्तमात्रामा मल नपाएको यादवले बताए । कृषि सामग्री सन्सथान लि.पर्सा प्रमुख गोरखनाथ के।सी। अनुसार पर्सा जिल्लामा मात्र ६ हजार टन डि.ए.पी. आएको हुदा अचानक सबै किसानहरुले गेहु बुवाइ सुरु गरेको हुदा मलको अभाव भएको हो ।

पर्सा, बारा, रौतहट लगाएत १६ वटा कर्यालयहरुलाइ बितरण गर्नुपरेको हुदा मलको अभाव रहेको के। सी।ले बताए । कोबिड १९ को असरलेले पनि मलखाद आयत हुन नसकेको बताए । साथै अहिले युरिया रसायनिक मल पर्याप्त रहेको हुदा किसानहरुले आवश्यक्ता अनुसार अहिले नै खरिद गरि राख्न सक्ने प्रमुख के।सी।ले बताए । ४/५ दिन भित्रमै फेरि ३००० टन र३५०० टन मल आउने के.सी. ले बताए । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*