लायन्स क्लब अफ निजगढ युथ द्वारा पनि आगलागी पिडित लाई सहयोग

बाराको निजगढ नगरपालिकामा रहेको नवगठित लायन्स क्लब अफ निजगढ युथ ले पनि वडा नं. ३, पिपलटारमा आगलागी पिडितलाई न्यानो कपडा सिरक, डस्ना सहयोग गरेको छ।
जगत बहादुर भोलनको घरमा दिउँसो २ः०० बजे अचानक आगलागीभई घरमा ठूलो क्षति भएको थियो । साथै खाद्यान्न एवं अन्य लत्ताकपडा समेत नष्ट भएकोले हिजो साँझ निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा नगरप्रमुख शुरेशकुमार खनाल र कार्यलयका प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको रोहवरमा राहत स्वरूप पिडितलाई खाद्य सामाग्रीहरु वितरण गरेको थियो भने आज युथ अफ निजगढ कल्बले पनि निजगढ ३ नं वडाका अध्यक्ष को रोहवरमा ११,१११ रुपैयाँ रकम सहयोग गरेको थियो । त्यससंगै नवगठित लायन्स क्लब अफ निजगढ युथले पनि पिडितको घरमै पुगेर जाडो यामलाई लक्षितगरी सिरक डस्ना तथा न्यानो कपडा सहयोग गरेको कल्बले जनाएको छ।










