पर्साका सीडीओ भन्छन ओमिक्रोन भित्रिन नदिन सक्रिय रुपमा काम गरिरहेका छौं
भारतमा पनि कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित भेटिएसँगै नेपालको सिमावर्ती जिल्ला पर्सामा सतर्कता बढाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकालले भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनस् जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) पर्सालाई सक्रिय बनाइएको बताएका छन् ।
प्रजीअ ढकालले डीसीसीएमसीको बैठक बसेर नयाँ भेरिएन्ट नेपाल भित्रिन नदिन डीसीसीएमसीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णयहरु लिनका लागि एक्सन प्लान बनाउने जिम्मा दिइएको जानकारी दिए ।










