ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय

कोल्हवी न्यूज
२०७८ मंसिर १५, बुधबार ०६:२२ गते

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन गर्न आदेश जारी गर्ने निर्णय गरेको छ।

आज मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड(१९को नयाँ ओमिक्रोन संक्रमण देखिएका देशबाट आउने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको जानकारी गराएका हुन्।

पछिल्लो समयमा दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अन्य देशहरुमा पनि पुष्टि हुँदै जाँदा यसको त्रास बढेर गएको छ।

बेलायत, क्यानडा, अष्ट्रेलिया, जापानलगायतका देशमा समेत फैलिसकेको यो भेरियन्ट अझ बढी संक्रामक भएको अनुमान गरिएको छ। यो भेरियन्टको पुष्टि हुने क्रम बढेसँगै कतिपय देशले अफ्रिकन मुलुकसँगको हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् भने ती देशबाट आएका यात्रुहरुलाई कडा निगरानीमा राख्ने आदेश जारी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*