सौराहमा मतदान : एकैसाथ ६९ भोटिङ मेसिन सञ्चालनमा, अब तीन घण्टामै सकिने दाबी

कोल्हवी न्यूज
२०७८ मंसिर १४, मंगलवार ०६:४८ गते

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानबाट मतदान शुरु भएको छ। बिहान २ बजेबाट अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १० क्लस्टरमा उम्मेद्वार चयनका लागि मतदान जारी छ।

अहिलेसम्म ८०० जनाले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ। यहाँस्थित सेभेन स्टार होटलको इलाफेन्ट हलमा मतदान जारी छ। मतदानका लागि ६९ वटा भोटिङ मेसिन एकसाथ सञ्चालनमा रहेको रामलक्ष्मण भोटिङ मेसिनका सञ्चालक रामप्रसाद रिमालले जानकारी दिए। निर्वाचन आयोगका अनुसार अबको तीन घण्टामा मतदान सकिनेछ।

मतदाताहरु भने उम्मेद्वारको सूची लामो भएकोले अलमल भएको गुनासो गरिरहेका छन्। पार्टीले २२०० बढी प्रतिनिधिलाई एकसाथ म्यासेजमार्फत मोबाइलमा उम्मेद्वारको सुची पठाइएको एमालेले जनाएको छ।  पहिलोपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*