मतदानपछि भीम रावलको प्रतिक्रिया : सदस्यमा मेरो उम्मेदवारी छैन

कोल्हवी न्यूज
२०७८ मंसिर १४, मंगलवार ०६:१३ गते

नेकपा एमालेको १० औं महाधिवेशनअन्तर्गतको मतदान प्रक्रिया दुई घण्टा ढिलो गरी सुरु भएको छ। केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन्। मतदान प्रक्रिया बिहान ९ बजेसम्म चल्नेछ।

मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेद्वार भीम रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको बताए। उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए।

उनले भने, ‘म सदस्यको उम्मेद्वार होइन, यसले मतदाता प्रतिनिधिलाई समस्या पर्छ।’ यसअघि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गरेको सूचीमा अध्यक्षका प्रत्यासी रावललाई केन्द्रीय सदस्यमा राखेका थिए।

रावलले विद्युतीय भोटिङ मेसिनमा केही असहजता देखिएको भन्दै असन्तुष्टि जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*