यस्ताे छ कांग्रेस महाधिवेशनकाे निर्वाचन तालिका

कोल्हवी न्यूज
२०७८ मंसिर १४, मंगलवार ०५:५७ गते

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको छ । यस्तै केन्द्रीय निर्वाचनको मतदाता नामावली मङ्सिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*