बारागढी गाउपालिकाबाट १७.५६ क्युफिट काठ बरामद
२०७८ मंसिर १३, सोमबार १८:४६ गते
कोल्हवी/बाराको बारागढी गाउपालिका वडा नं. २ मलाही टोलमा रहेको चिरान मिलबाट सालको काठ बरामद गरेको छ।
सब डिभिजन कार्यालय कोल्हवी तामागढी वन व्यवस्थापन र सशस्त्र प्रहरी वेश कार्यालयको प्रमुख राम सिलवालको संयुक्त टोलिले १७.५६ क्युफिट काठ सालको काठ बरामद गरेको हो ।

बरामद भएका काठ मध्ये चिरान ८.९६ क्युफिट, गोलिया ८.६० क्युफिटगरि १७.५६ क्युफिट काठ बरामद गरिएको हो । मिल सन्चालक कृष्ण शर्मा पक्राउ गर्न नसकेको तामागढि साझेदारी वन व्यवस्थापन अध्यक्ष रबिन्द्र पनुहर ले जानकारी गराउनु भयो।











