एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका संशाेधन, मतदानकाे समय भाेली राति ९ बजेदेखि पर्सी बिहान ३ बजेसम्म

कोल्हवी न्यूज
२०७८ मंसिर १३, सोमबार ०६:२८ गते

नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । १० औं महाधिवेशनको संशोधित तालिका अनुसार उम्मेदवारहरुको फारम वितरण सोमबार विहान ८ देखि ८ बजेर २० मिनेटसम्म तोकिएको छ । उम्मेदवारको दरखास्त फारम दर्ता सोमबार ८ बजे देखि साढे ९ बजेसम्म तोकिएको छ ।

यस्तै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन साढे १० बजे, उम्मेदवारको विरोधमा उजुरी दिने समय सोही दिन पौने ११ बजेसम्म तोकिएको छ ।

यस्तै उजुरीमाथि छानबिन र निर्णय विहान १०ः ५० बजे, नामावली पुन प्रकाशन १०ः ३० तोकिएको छ ।

यसैग्री नाम फिर्ताको समय साढे १० देखि साढे ११ सम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन विहान ११ः ४० बजे हुन गरी तोकिएको छ । त्यसैगरी मतदानको समय साँझ ९ बजेदेखि १४ गते विहान ३ बजेसम्म तोकिएको छ । मतगणना मतदान सम्पन्न भएपछि हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन परिणाम घोषणा मतगणना सम्पन्न भएपछि हुने छ । भने मतगणना सम्पन्न भएपछि प्रमाणपत्र वितरणको काम हुनेछ । त्यसपछि शपथ ग्रहणको काम हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*