रौतहट बौधिमाईमा नेकपा माओवादी केन्द्रको नगर कमिटीको अध्यक्षमा जमील अख्तर देवान चयन

कोल्हवी न्यूज
२०७८ मंसिर १२, आईतवार ०६:४८ गते

नेकपा माओवादी केन्द्र बौधिमाई नगर कमिटीको अध्यक्षमा जमील अख्तर देवान चयन भएका छन् ।  १२ गते शनिबार  बौधिमाई ८ स्थित होम विवाह भवनमा सम्पन्न पार्टीको प्रथम नगर सभाले देवानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा जंगलाल बैठा,सुचिता देवी दास, कोषाध्यक्षमा ललिता देवी, सचिवमा बिरेन्द्र प्रसाद कुशवाहा र सहसचिवमा रामाकान्त प्रसाद पटेल चयन भएको नवनिर्वाचित अध्यक्ष जमील अख्तर देवान जानकारी दिए।

नव निर्वाचित अध्यक्ष देवानले नगरको नेतृत्व पाएसँगै अब नेकपा माओवादी केन्द्रलाई नगरभरिनै संगठित गर्दै तीनै तहको निर्वाचनमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले माओवादी केन्द्रले समग्र नागरिकको विकासको लागि योजनावद्ध ढंगले अगाडि बन्ने जनाउँदै नगरमा हुने विकासका काममा ढिलासुस्ती र भष्ट्रचार विरुद्ध सशक्त आवाज उठाउने बताए। ‘अब हामी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायत जनताका हरेका कुरालाई आफ्नो प्रमुख एजेन्डा बनाएर अगाडि बढ्छौ,’ उनले भने, ‘नागरिकको जीवनस्तर माथि उठाउन हामी निरन्तर लागिरहन्छौँ । अब गरमा हामी पहिलो पार्टी बन्छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*