एमाले पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

कोल्हवी न्यूज
२०७८ मंसिर १२, आईतवार ०६:३६ गते

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ । अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५र२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नेछन् । एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लस्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी प्रस्ताव गर्ने जनाए तर सो प्रस्तावलाई उपाध्यक्ष डा। भीम रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराए ।

शनिवारको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट गरे । महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*