मध्यरातमा बाबुरामको ट्विट : म त ओलीलाई स्टालिन र हिटलरै देख्छु

कोल्हवी न्यूज
२०७८ मंसिर १२, आईतवार ०६:२३ गते

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन्। एमालेको १०औँ महाधिवेशन जारी रहँदा अध्यक्ष भट्टराईले शनिवार मध्यरातमा ट्विट गर्दै ओलीबारे टिप्पणी गरेका हुन्।

महाधिवेशन अन्तर्गत बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ। निर्वाचन नगरी सहमतिमा पदाधिकारी चयनमा गर्ने आलीको योजना छ।

यसै सन्दर्भमा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफूले ओलीलाई स्टालिन र हिटलरै देख्ने बताएका छन्। स्टालिन र हिटलरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरेझैँ आलीले पनि सोही गरिरहेको उनको टिप्पणी छ।

रूसी मोडेलका कम्युनिस्ट पार्टी र नाजी पार्टी जसरी नै नेपालका कम्युनिस्ट पार्टीहरू पनि सिद्दिने हुन तरु भन्दै उनले प्रश्न समेत गरेका छन्।

उनले भनेको छन्, ‘खड्गप्रसादलाई अरूले नचिनेका हुन् कि मैले भन्ने छिटै फैसला होला जस्तो छ। म त उनलाई स्टालिन र हिटलरै देख्छु। स्टालिन र हिटलरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरे झैँ खड्गप्रसादले त्यही गर्दैछन्। रूसी मोडेलका क पा र नाजी पार्टी जसरी सिद्दिए नेपालका क पाहरू पनि सिद्दिने हुन त ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*