रावललाई ओलीको प्रस्ताव : उपाध्यक्षमा बस्नुस्

कोल्हवी न्यूज
२०७८ मंसिर १२, आईतवार ०६:१६ गते

 

एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरिरहेका वर्तमान उपाध्यक्ष भीम रावललाई सोही पदमा दोहोरिन अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । शनिबारको बन्द सत्रले ओलीलाई सर्वसम्मत पदाधिकारीका उम्मेदवार चयन गर्न अधिकार दिएको छ ।

सोहीअनुरुप ओलीले रावललाई उपाध्यक्षमा प्रस्ताव गरेका हुन् । रावलले भने अझै ओलीको प्रस्ताव स्वीकारेका छैनन् । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई ल्याउन चाहेका छन् । त्यसका लागि उनले अर्का दाबेदार सुवास नेम्वाङलाई मनाइसकेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*