सुरक्षा खतरा रहेको भन्दै भीम रावललाई थपियो सुरक्षाकर्मी, बासस्थान राखियो गोप्य

कोल्हवी न्यूज
२०७८ मंसिर १२, आईतवार ०५:५९ गते

एमालेकै कार्यकर्ताबाट सुरक्षा खतरा बढेको भन्दै एमाले उपाध्यक्ष भीम रावललाई सुरक्षाकर्मी थपिएको छ। महाधिवेशनको बन्दसत्र जारी रहेकै अवस्थामा रावललाई सुरक्षाकर्मी थप गरिएको हो। शनिबार रावल बस्ने होटेल समेत खुलाइएको छैन।

इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र रानाले सुरक्षाकर्मी परिचालन गरिएको पुष्टि गरे। तर, थपिएको संख्या भने यकिन गरेनन्।
रानाले भने, नेताहरुको सुरक्षा खतरा बढेपछि बढाएका हौं। सुरक्षा खतरा हुने भएकाले भीम रावलको पनि बढाएका छौँ। सबै खालको सुरक्षा रणनीति अपनाइएको छ।’

महाधिवेशनका क्रममा चितवन आएका रावल बिहीबार होटेल होली लजमा बसेका थिए। त्यसपछि उनी होटेल मोनालिसा सरेका थिए। तर, शनिबारको होटेल भने गोप्य राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*