कस्तो छ सलमान खानको ‘अन्तिम’ ?

कोल्हवी न्यूज
२०७८ मंसिर ११, शनिबार ०६:४७ गते

बलिउड सुपरस्टार सलमान खान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । महेश मान्जरेकरले निर्देशन गरेको फिल्ममा सलमानका अलावा आयुष शर्मा, महिमा मकवाना, निकितिन धीर र जिशु सेन गुप्ताको पनि अभिनय रहेको छ । एक्सनले भरिएको फिल्मलाई दर्शकले रुचाएका छन् । यो फिल्मले समीक्षकबाट पनि राम्रो रेटिङ पाएको छ ।

‘अन्तिम’ को कहानी भू(माफियाबाट प्रताडित राहुल ९आयुष शर्मा० र उसको परिवारबाट सुरु हुन्छ । हाई प्रोफाइल गुन्डागर्दीको सहारामा राहुलका पिता ९सचिन खेडेकर० को जमिन हत्याएर त्यहीँ जमीनमा बन्ने फार्महाउसमा राहुललाई चौकीदार बनाइन्छ । जब सानो(तिनो कुराहरुमा ऊमाथि मारपिट हुन थाल्छ तब उसलाई सैह्य हुँँदैन र त्यहीँबाट राहुलको ‘गुन्डा’ बन्ने कथा सुरु हुन्छ ।

राहुलबाट ‘राहुल्या’ बनेपछि उसको गलत काम गर्ने क्रम बढ्छ भने अर्कोतिर मन्दा ९महिमा मकवाना० सँग माया बस्छ । राहुल आफ्नो परिवार र प्रेमका लागि सबैसँग बदला लिन्छन् । यस्तैमा, इन्स्पेक्टर राजवीर सिंह ९सलमान खान० को इन्ट्री हुन्छ । के राहुलको प्रेम सफल होला रु राजवीर र राहुलबीच के कनेक्सन हुन्छ रु यसको जवाफ पाउन भने हलमै गएर फिल्म हेर्नुपर्ने हुन्छ ।

निर्देशक महेश मान्जरेकर स्वयंले फिल्ममा मन्दाको पिताको भूमिका निर्वाह गरेका छन् । महेशले पहिलो हाफमा नै दर्शकलाई बाँधेर राख्न सफल छन् । फिल्म दोस्रो हाफमा पनि बलियो छ । फिल्ममा कसरी भू(माफिया र गुन्डागर्दीका कारण गरीब व्यक्ति समस्यामा पर्छन् भन्ने देखाइएको छ । फिल्ममा मन्दाको रोल निर्वाह गरेकी महिमाले आफूलाई अभिनयमा प्रमाणित गरेकी छन् ।

सलमान खानले एकपटक फेरि आफ्नो एक्सन र डाइलग डेलिभरीले दर्शकको मन जितेका छन् भने उनको सरदारवाला लुक्स पनि निकै सानदार छ । फिल्ममा आयुष शर्माले पनि उत्कृष्ट काम गरेका छन् । उनको आँखामा नै रिस र प्रेम स्पष्ट देख्न सकिन्छ । फिल्मको एउटा राम्रो पक्ष के हो भने सबै चरित्रको डाइलग एकदमै दमदार छ, जुन थिएटरबाट बाहिर निस्कँदा पनि याद हुन्छ ।  (फिल्मीखबरबाट )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*