रोनाल्डोको पोर्चुगल वा इटालीमध्ये एउटाले विश्वकप फुटबल खेल्न नपाउने पक्का

इटाली वा पोर्चुगलमध्ये एक देशले फिफा विश्वकप २०२२ खेल्न नपाउने पक्का भएको छ ।
प्लेअफमा दुवै टिम समूह सीमा परेपछि रोनाल्डोको पोर्चुगल वा चार पटकको विश्वविजेता इटालीमध्ये एक टिममात्रै विश्वकपका लागि छानिने भएका हुन् ।
इटालीले सेमिफाइनलमा उत्तरी मेसेडोनिया र पोर्चुगलले टर्कीको सामना गर्नेछ ।
फाइनलमा यी दुवैका विजेता भिड्दा जित्ने टोली विश्वकपमा छानिनेछ ।
पराजित हुने टोली विश्वकपबाट बाहिरै हुनेछ ।
इटाली २०१८ को विश्वकपमा पनि छनोट हुन सकेको थिएन । तर यही वर्ष इटालीले युरोकप जितेको थियो ।









