एमाले नेता पोखरेलको कटाक्षः “माधव नेपालले शुभकामना दिएर एमाले बलियो हुन्छ ?”

कोल्हवी न्यूज
२०७८ मंसिर १०, शुक्रबार १०:५२ गते

नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले पार्टी फुटाएर दक्षिणपन्थी बाटोमा जाने अपराधमा लागेका कारण माधवकुमार नेपाललाई दसौैं राष्ट्रिय महाधिवेशनमा निम्तो नदिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “पार्टीको मूल्य मान्यता विपरीत फ्लोर क्रस गर्ने, आफ्नै पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर दक्षिणपन्थी बाटोमा जाने अपराधमा लागेका माधव नेपाललाई एमालेको महाधिवेशनमा किन बोलाउने रु उहाँले कार्यकर्तासामु के भनेर मुख देखाउने रु उहाँले शुभकामना दिएर हाम्रो पार्टी बलियो हुन्छ रु”
नेता पोखरेलले उम्मेदवारी मनोनयन हेरेर पार्टीमा सहमतिको प्रयत्न हुने पनि बताए । उनले भने, “आकांक्षीको आवेदन हेरेर सहमति बन्ने हो । नेकपा एमालेमा अहिले दुई धार भन्ने नै छैन, एमाले धार मात्र हो । केही पनि मतभेद छैन । एमालेका बैरीहरुको षडयन्त्रलाई पराजित गर्नका निम्ति शंकर पोखरेल र विष्णु पौडेल एउटै सिटमा लड्नुहुन्न । ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि एउटै पदमा लड्नुहुन्न । उहाँहरु सबै जना समन्वयकारी नेता हो ।”
पाँच लाख मानिस जम्मा गर्दा भीडभाड हुँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा पोखरेलले भने, “पाँच लाख मानिस जुटाउँदा भीडभाड त हुन्छ नै । तर त्यसको धेरै चिन्ता गरेका छैनौं । व्यवस्थापन राम्रो छ ।”
मुलुकभरिका ८ लाख ५५ हजार संगठित सदस्यबाट उठाएको एक(एक सयले महाधिवेशनको खर्च पुग्ने उनले बताए । उनले भने, “एक सय अभियानमा एक लाखसम्म दिन संगठित सदस्य पनि छन् । यसबाहेक कसैसँग चन्दा लिएका छैनौं । कति आम्दानी भयो, कति खर्च भयो रु हामी हिसाब देखाउँछौं । कम्युनिस्ट पार्टीको ७२ वर्षको इतिहासमा यो सबैभन्दा सफल र पारदर्शी महाधिवेशन हुनेछ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*