भारतमा ६.१ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प

कोल्हवी न्यूज
२०७८ मंसिर १०, शुक्रबार १०:४८ गते

भारतको पूर्वोत्तर भारत(म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान उक्त क्षेत्रमा ६।१ रेक्टरस्केलको भूकम्प गएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।

भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो ।

भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*