लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान देशभर सञ्चालन

कोल्हवी न्यूज
२०७८ मंसिर १०, शुक्रबार ०६:२९ गते

‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान बिहीबारदेखि सञ्चालन गरिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको छ ।

सोही सन्दर्भमा नेपाल सरकार मन्त्रीस्तरको २०७८ कात्तिक २३ गतेको निर्णयअनुसार यस वर्ष पनि उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियान सञ्चालन गर्न आ–आफ्नोतर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउन गरिएको आह्वान सम्बन्धमा नेपाल प्रहरीबाट पनि यस अभियानप्रति ऐक्यबद्धताका लागि विभिन्न रचनात्मक एवम् सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हिंसा सहेर र हेरेर नबसौँ, बेलैमा उजुरी गरौँ भन्ने आह्वान साथ लैंगिक हिंसासम्बन्धी कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*