प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै बार

कोल्हवी न्यूज
२०७८ मंसिर १०, शुक्रबार ०६:२३ गते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने भएको छ।

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन भन्दै विभिन्न दलहरुलाई ज्ञापन पत्र बुझाउँदै आएको बारले शुक्रबार प्रधानमन्त्री एवम् सत्तारुढ नेपाली कांग्रेसका सभापति देउवालाई ज्ञापन पत्र बुझाउन लागेको हो।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवाले ज्ञापन पत्र बुझ्नका लागि शुक्रबार बिहान साढे १० बजेको समय दिएका छन्।

प्रधानमन्त्री देउवाको सचिवालयले भने आन्दोलनरत बारका प्रतिनिधिहरुसँग छलफलका लागि बोलाइएको जानकारी दिएको छ। प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरुलाई बिहान ९ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले जानकारी दिए।

बारले यसअघि सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्षा गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्र लगायतलाई ज्ञापन पत्र बुझाइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*