काँग्रेस कोल्हवी नगर सभापतिमा युवा नेता रबिन्द्र चौधरीको उमेदवारी रहने

कोल्हवी न्यूज
२०७८ मंसिर ९, बिहीबार ०८:३३

बाराको कोल्हवी नगरपालिकाको आउँदो नगरअधिबेशनमा नेपाली काँग्रेसको नगरसभापतिमा कोल्हबी ५ बलुवाका रबिन्द्र चौधरीले उमेदवारी दिने भएका छन् । नगर अधिवेशन मंसिर ९ गते बिहिवारको दिन कोल्हबीमा हुने भएको छ ।                                          कुराकानीमा चौधरीले यो उद्घघोष गरेका हुन । काँग्रेसको राजनितीमा २० बर्ष देखि सक्रिय रहेका चौधरी , १६ बर्ष पहिले ईलाका सभापति भएका थिए , ईलाका सभापति हुंदा अहम् भुमिका निभाएका चौधरी काँग्रेस दुई धार भएपछि संस्थापक पक्षबाट क्षेत्रिय सचिब बने । क्षेत्रीय सचिव भएको ९ महिना पछि फेरी काँग्रेस एक भयो र उनको सचिव पद समायोजन हुदा अरुलेनै पाए ।

त्यसपछि विभिन्न राजनीतिक घटना क्रम भोगेका चौधरी जस्तो सुकै परिस्थितिमा पनि काँग्रेसमा सक्रिय भईरहे । स्थानीय तह पुःन संरचना पछि उनको साबिक गाविस ककडी कोल्हवी नगरपालिकामा समाबेश भयो । त्यस पश्चात् भएको हरेक निर्वाचनमा पार्टीको लागि अहम् भुमिका निभाएका चौधरी यसपालि क्षेत्रिय प्रतिनिधि भएका छन् भने उनी यस अधिबेशनमा पार्टीबाट नगर नेतृवमा आउने बताउछन ।चेरवन्त खबरका संवाददाताले किन सभापतिमा उठ्ने सोच बनाउनु भयो भनेर गरेको प्रश्नमा बिगत लामो समय देखि नै नेपाली कांग्रेसको सक्रिय सदस्य भई काम गरेको र अरु पदमा बसि पार्टीको बिधान अनुसार पार्टीको हकहितको लागि निस्वार्थ भावनाले काम गर्दै आएको स्मरण गराउदै यसपाली नगर सभापतिको उम्मेदवरीको घोषणा गरेको उनले बताए ।

युवा पुस्ता बिच लोकप्रिय रहेका चौधरी कोल्हवी नगरमा निकै परिचित छन् । सामाजिक सेवामा आफुलाई समाहित गर्दै आएका चौधरीले समाजमा पनि निकै राम्रो छाप पारेका छन । सधै पार्टीलाई निर्वाचनमा जिताउन आफ्नो निर्वाचन क्षेत्रमा प्रमुख भुमिका खेल्ने चोधरीलाई हाम्रा संवाददाताले तपाईले जित्नु होला त नगर सभापतिमा भनेर प्रश्न गर्दा हास्दै आफुले पार्टीको उमेदवारलाई विगतका दिनमा हरेक निर्वाचनमा जिताउन दिनरात खट्दाको दुख सम्झिदै भन्छन , मैले मेरो पार्टीको लागि ईमान्दारी भई सधै आफ्नो कर्तव्य पूरा गरेकोले यसपालि मलाई नगर सभापतिमा पार्टीका नेताहरुले सहयोग गर्ने बताउँछन् । सबै संग समधुर सम्बन्ध राख्न रुचाउँने ,सक्षम, निडर , निष्ठावान, इमान्दार, कर्मठ चौधरी आफु युवा भएकोले युवाहरुले देशै भर जित हासिल गरिरहेको भन्दै आफुलाई पनि नगरका युवाहरुको साथ रहने आशा गरेका छन् । उनले यो पनि थप्दै भने आफु पार्टीको तर्फबाट नगर नेतृवमा आए पछि पार्टीका सबै सदस्य हरुलाई भेदभाव नगरी नगरमा गुटबन्दी बाट मुक्त गराई सबैको रोजाईको पार्टी बनाउने र अब हुने तिनै तहको निर्वाचन मा पार्टी लाई जित हासिल गराउन भुमिका खेल्ने भएकोले पनि आफ्नो उमेदवारी रहने र आफुले जित्नै पर्ने बताए!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*