नेपालले कुवेतसँग खेल्दै

कोल्हवी न्यूज
२०७८ मंसिर ९, बिहीबार ०८:००

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले कुवेतसँग खेल्दै छ । प्रतियोगिताबाट एक टोलीमात्र ग्लोबल क्वालिफायरका लागि छनोट हुने भएकाले नेपाल हरेक खेलमा चनाखो हुनुपर्नेछ ।

पहिलो खेलमै हङकङसँग अप्रत्याशित हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानमाथि ८ विकेटको जितसाथ छनोट सम्भावना कायम राखेको छ । दुवै खेल जितेको यूएई नेपालभन्दा अगाडि छ । दोस्रो स्थानमा रहे पनि नेपालको नेट रनरेट यूएईभन्दा बढी छ । यसो हुँदा बाँकी तीनवटै खेलमा फराकिलो अन्तरको जित हासिल गर्दा नेपालको छनोट हुने सम्भावना छ । अघिल्लो संस्करणमा नेपाललाई हराएको यूएई यसपल्ट पनि नेपालको तगारो बन्नसक्छ । अघिल्लो दुवै खेलमा पराजित कुवेतको छनोट सम्भावना लगभग सकिएको छ । प्रतियोगिताकै कमजोर टोलीमध्ये एक कुवेतले पहिलो खेल भुटानसँग ७४ रन र दोस्रो खेलमा मलेसियासँग ८१ रनको हार बेहोरेको थियो ।

कतारको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय शृंखला क्लिन स्विप गरेर नेपाली टोली यूएई पुगेको थियो । नेपालले काठमाडौं र बंगलादेशको ढाकामा पनि प्रशिक्षण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*