माओवादी केन्द्र गढी गाउपालिका १ df वडा पार्टी भेला तथा प्रशिक्षण

कोल्हवी न्यूज
२०७८ मंसिर ८, बुधबार ०७:०८

नेकपा (माओवादी केन्द्र) गढी गाउपालिका वार्ड नम्बर -१ डाँडागाउँमा वडा पार्टी भेला तथा प्रशिक्षण सम्पन्न । भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र मकवानपुर नेता तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन(पृथक)को विशेष आतिथ्यतामा भएको ।

भेलाले बिजय थिं अध्यक्ष रहनेगरी २९ सदस्यीय वडाकमिटी सर्वसम्मत चयन भएको । सचिवमा मान लाल भोलन , सह- सचिवमा विशाल थिं, कोषाध्यक्षमा विमला लामा , सदस्यहरुमा चन्द्र बहादुर लुम्बा ,सुजन बोम्जन् , ठकर कुमारी बजगाई , लालबहादुर मोक्तान लगायत चयन भएको गढी गाउपालिका कमिटी अध्यक्ष राज कुमार खड्काले जानकारी दिए ।

त्यस्तैगरी कृष्णबहादुर थिं अध्यक्ष रहनेगरी २१ सदस्यीय वाइसीएल नेपाल वडा कमिटी चयन भएको । गढी गाउपालिका पार्टी कमिटी सदस्य डल्ले घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल नेपाल गढी गाउपलिका कमिटी इन्चार्ज पञ्च बहादुर गोले , वडा नेता केवी मुस्कान घलान लगायतको उपस्थिति ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*