जनकपुरधाममा वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलित

कोल्हवी न्यूज
२०७८ मंसिर ८, बुधबार ०७:०३ गते

केही वडाध्यक्षले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारी आन्दोलित भएका छन्। सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले मंगलबार विरोध जुलुस प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

आफूअनुकूल काम नगर्दा वडाध्यक्षहरूले पटक-पटक कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्। यता, सोमबार जनकपुरधाम९४ का वडाध्यक्ष शुर्दन सिंहसँग सरसफाइ कर्मचारीको विवाद भएको थियो । उक्त घटनालाई लिएर वडा नं। ३ ,४ र ७ का वडाध्यक्षहरूले सोमबार नै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*