उच्च अदालत बार एशोसिएसन वीरगञ्ज पनि आन्दोलनमा

कोल्हवी न्यूज
२०७८ मंसिर ८, बुधबार ०६:४९ गते

लगभग १ महिनादेखि आन्दोलनरत कानुन व्यवसायी एवम् न्याधिशहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । उच्च अदालत बार एशोसिएसन वीरगञ्जले पनि न्यायपालिकाको विकृति विसंगति र भ्रष्टाचारको विरुद्धमा नेपाल बार एशोसिएसनले घोषणा गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

उच्च अदालत बार एशोसिएसन वीरगञ्जका सचिव शैलेन्द्र कुमार चौरसियाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत पेशी स्थगित गरिएको जानकारी गराइएको छ । एशोसिएसनले उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगञ्जलाई समेत पेशी स्थगित गर्न आग्रह गरेको छ । उच्च सरकारी वकिल कार्यालय वीरगञ्जलाई बोधार्थ बनाइएको विज्ञप्तीमार्फत ७ गतेदेखि १० गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको एशोसियसनका अध्यक्ष प्रमोद प्रसादले बताए ।

जसअनुसार आज फिराद, प्रतिउत्रर, पुनरावेदन, रिट लिखित जवाफ, बहसनोट दर्ता नगराउने नेपाल बार एशोसिएसनको निर्देशनको पालना गर्नुका साथै कुनै पनि बहस पैरवी नगरिएको उच्च अदालत बार एशोसियसन वीरगञ्जका कोषाध्यक्ष प्रज्वल अधिकारीले बताए । कोषाध्यक्ष अधिकारीका अनुसार भोली उच्च अदालत जनकपुर अस्थायी वीरगञ्जको प्रांगनमा धर्ना तथा बृहत विरोध सभा गरिनेछ । यस्तै ९ गते बारा जिल्ला अदालतको प्रांगनमा र १० गते रौतहट जिल्ला अदालतको प्रांगनमा कानुन व्यवसायीहरुले वृहत विरोध सभा गर्ने कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।

१० गतेसम्म पनि प्रधानन्याधिश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए नेपाल बार एशोसिएसनले अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*