बारा जिल्लामा नेपाल हिन्दु पत्रकार परिषद गठन, अध्यक्षमा अनिल पाण्डे

कोल्हवी न्यूज
२०७८ मंसिर ८, बुधबार ०६:४५ गते

हिन्दुत्वको आत्म सम्मान ,पहिचान र अधिकारको खोजीका लागि नेपाल हिन्दु पत्रकार परिषद जिल्ला कार्य समिति बाराको गठन गरिएको छ। जिल्लाको देवकीलाल धर्मशालाको सभा हलमा एक कार्यक्रमका बिच उक्त परिषद गरिएको हो। संगठन निर्माण भए संगै हिन्दु परिषद नेपालका बारा जिल्ला अध्यक्ष गोपाल दासले संगठनका सबै पदाधिकारी तथा सदस्यहरु लाई अवीर टिका तथा गम्छा ओढाएर सम्मान गर्दै आफ्नो धारणा राखेका थिए। दासले आफ्नो धारणा राख्ने क्रममा संगठन लाई बधाई ज्ञापन गरेका थिए।

अनिल पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको उक्त जिल्ला कार्य समितिमा अध्यक्ष अनिल पाण्डे ,उपाध्यक्ष सावित्री शर्मा ,सचिव रविन्द्र साह ,कोषाध्यक्ष उपेन्द्र पासवान ,लगायत ९ सदस्य रहेका छन्। समितिको सल्लाहकारमा संयोजक मानिक साह ,अनिल वर्मा ,सत्यप्रकाश श्रेष्ठ ,पानालाल दास रहेका छन्। आउने दिनमा यो समितिको विस्तार देश भरि गरिने अध्यक्ष पाण्डेले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*