के आमिर खानले गर्दैछन् तेस्रो बिहे ?

कोल्हवी न्यूज
२०७८ मंसिर ८, बुधबार ०६:४१

बलिउड सुपरस्टार आमिर खानले त्यसबेला सबैलाई आश्चर्य पारे जब उनले श्रीमती किरण रावसँँग अचानक डिभोर्सको घोषणा गरे । बैबााहिक जीवनमा बाँधिएको करीब १५ वर्षपछि उनीहरु अलग भएका हुन् । उनीहरुले छोराको पालन पोषणा भने मिलेर गर्ने बताएका छन् । पहिलो श्रीमती रीना दत्तासँग २००२ मा डिभोर्स गरेपछि आमिरले किरण रावसँग २००५ मा विवाह गरेका थिए ।

यतिबेला सामाजिक सञ्जालमा आमिर खानको तेस्रो विवाहको बारेमा निकै चर्चा भइरहेको छ । आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिज ९१४ अप्रिल, २०२२० पछि उनी तेस्रो विवाह गर्न तयारीमा रहेको गाइँगुइँ सुनिएको छ । तर, इन्डिया टुडेलाई आमिर खानसँँग जोडिएको एक विश्वसनीय स्रोतले दिएको जानकारी अनुसार, उनले तेस्रो विवाह गर्न लागेको चर्चामा कुनै सत्यता छैन ।

लामो समयदेखि आमिरको नाम अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ । उनीहरुले फिल्म ‘दंगल’ मा एकसाथ काम गरेका थिए । त्यसबेलादेखि उनीहरुको अफेयरको खबर आउन थालेको थियो । उनै, फातिमासँग आमिरले ‘लाल सिंह चड्ढा’ रिलिजपछि तेस्रो विवाह गर्न लागेको चर्चा चलेको हो । तर, उनीहरु निकट स्रोतले यसमा कुनै पनि प्रकारको सत्यता नभएको दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*