पुस्तक व्यवसायी महासंघ पर्साको अध्यक्षमा व्याहुत, निर्वाचित कार्यसमितिद्वारा सपत ग्रहण

कोल्हवी न्यूज
२०७८ मंसिर ७, मंगलवार ०७:३८ गते

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति पर्साका नवनिर्वाचित पदाधिकारीले सपत ग्रहण गरेका छन् । गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, सांगठनीक आधार भन्ने नाराका साथ सम्पन्न भएको छैठो अधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् कार्यसमिति सदस्हरुले शनिवार साँझ एक समारोहका बिच सपत ग्रहण गरेका हुन् ।

महासंघको छैँठो जिल्ला अधिवेशनका निर्वाचत संयोजक राज पटेलको सभापतित्वमा सपत ग्रहण समारोह सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्षमा लक्ष्मी पुस्तक पसलका सञ्चालक रोहित व्याहुत, प्रथम उपाध्यक्ष श्यामसुन्दर पटेल, द्वितिय उपाध्यक्ष पियुष अग्रवाल, सचिव समसुल अन्सारी, सहसचिव सुजित वर्णवाल, कोषाध्यक्ष अर्विन्द साह, सहकोषाध्यक्ष सुधिर गुप्ता, सदस्यहरुमा प्रकाश केडिया, सुष्मा पटेल, हरिन्द्र साह तेली, रञ्जन कुमार महतो, दिपक कुमार पण्डित लगायत रहेका छन् ।

महासंघका पूर्व अध्यक्ष जटाशंकर यादव, नरेश रौनियार, अमित चौधरी र ओमप्रकाश गुप्ता सम्मीलित ४ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको महासंघका नवनिर्वाचित द्वितिय उपाध्यक्ष पियुष अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार कार्यक्रममा महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गोपाल प्रसाद खेता, मुकेश कुमार सिँह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*