माहुरीको टोकाइबाट रौतहटमा महिला बालबालिका सहित १ दर्जन बढ घाइते, केहीको अवस्था गम्भीर
रौतहटको कटहरिया नगरक्षेत्र भित्र माहुरीको टोकाइबाट महिला बालबालिका सहित एकदर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाईबाट कटहरिया ५ का युवाहरु राकेश गिरि, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साह, ३ जना बालबालिका, एकजना महिला लगायत १ दर्जन बढी मानिस घाइते भएका छन ।
घाइते मध्ये केहिको गम्भीर अवस्थामा प्राथमिक स्वास्थ केन्द्र कटहरिया र केहिको निजि अस्पतालमा उपचार भइरहेको तथा केहि उपचार पछि निको भैसकेको पीडित मध्येका राकेश गिरिले बताएका छन । कटहरिया ५ स्थित कटहरिया एफएमको पुर्वपटी एउटा गोठमा ती युवाहरु तास खेलेर मनोरञ्जन गरि बसेका थिए ।
गोठको पुर्वपटी सिमलको रुखमा रहेको माहुरिको घारमा एउटा बाझ चराले ठोकाएपछी आक्रोशित माहुरीहरुले एकैपटक हजारौंको संख्यामा उनिहरुमाथी आक्रमण गरेको थियो । एकजना लाई हजारौं माहुरिहरुले टाउको देखि पुरै शरीरभरि टोकेकाले केही मानिस अचेत भएकाले उनिहरुलाई गाउँले अस्पताल सम्म उपचारको लागि पुर्याएको प्रत्येक्षदर्शिहरुले बताएका छन ।









