नेकपा माओवादी केन्द्र जितपुरसिमरा उपमहानगर १६ को अध्यक्ष मा सुमन थोकर निर्वाचित
२०७८ मंसिर ७, मंगलवार ०७:०७ गते
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ मा नेकपा माओवादी केन्द्रको वडा अधिवेशनमा सुमन थोकर अध्यक्षमा निर्वाचित भएका छन् ।
सो अधिवेशनले उपाध्यक्षमा नवराज श्रेष्ठ, सचिवमा अच्युतराज उप्रेती, सहसचिवमा तिलक जिम्बा, कोषाध्यक्षमा टुका अधिकारी निर्वाचित भएका छन् भने २४ नगरप्रतिनिधिहरु र ३५ वडा समिति छनौट गरेका छन् । उक्त भेलाको प्रमुख अतिथि अनिल श्रेष्ठ थिए भने विशिष्ट अतिथिमा राजन पौडेल उपस्थित थिए।









