बाराको निजगढ नगरपालिकामा शाखा प्रमुखहरुको बैठक सम्पन्न

कोल्हवी न्यूज
२०७८ मंसिर ७, मंगलवार ०७:०१ गते

बारा जिल्लाको निजगढ नगरपालिकामा नियमित शाखा प्रमुखहरुको बैठक बसेको थियो । सो बैठक नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्कीको अध्यक्षतामा बसेको हो । बैठकमा निजगढ नगरपालिकाको कार्यालयका शाखा र उपशाखा तथा इकाई प्रमुखहरूको उपस्थिति रहेको थियो ।

उक्त बैठकमा सम्बन्धित शाखा र उपशाखा तथा इकाईहरूद्वारा चालू आर्थिक बर्ष २०७८र०७९ को हालसम्म सम्पादित कार्यहरूको प्रगति विवरणको प्रस्तुति एवं समीक्षा गर्नुका साथै कार्यालयको सेवा प्रवाहमा थप प्रभावकारिता तथा गुणस्तरियता अभिवृद्ध गर्ने उपायहरूको कार्यान्वयन बारे छलफल गरिएको थियो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*