चितवनमा हुन लागेको एमाले महाधिवेशनको विरोध गर्दै प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा एमालेले गर्न लागेको अधिवेशन आफूलाई सिध्याउने षड्यन्त्र सहितको अधिवेशन भएको बताएका छन् ।
चितवनमा हुन लागेको एमालेको महाधिवेशनको विरोध गर्दै आएका प्रचण्डले आज चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा आक्रोश ब्यक्तगदै ओलीले आफूलाई सिध्याउने षड्यन्त्रमा हद पार गरेको बताएका हुन् ।
उनले भने, ‘प्रचण्डलाई सिध्याउने अधिवेशन हो त्यो । त्यहाँ के को छलफल हुनु । छलफल हुने पनि होइन, केही पनि होइन केपी ओलीका पिछौटे हरुको हो । अधिवेशन चितवनमा ल्याउनु माक्सवाद, माओवादी सिध्याउनु हो । तर, यो विषयमा केपीजीलाई धन्यवाद भनेको छु ।
चितवनमा ल्याइदिनुभो, यहाँका जनतालाई फाइदा हुने भयो । यहाँका व्यवसायीले अलिकति भए पनि नाफा कमाउने भए ।’
एमालेको महाधिवेशनमा आफूलाई वक्ताको रुपमा निम्तो आएको सुनाए । तर, जाने वा नजानेबारे आफूले पार्टीमा छलफल गर्ने तत्पश्चात जवाफ दिने उहाले बताउनु भयो।









