अफगान महिलालाई थप कस्दै तालिबान

कोल्हवी न्यूज
२०७८ मंसिर ६, सोमबार ०९:५७ गते

अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध बिस्तार गर्दै लगेको छ। पछिल्लो नियमअनुसार तालिबानले महिलाहरुलाई टेलिभिजन ड्रामा ९टेलिशृङ्खला वा टेलिचलचित्र० मा अभिनय गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।

यस्तै महिला पत्रकार तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोताहरुलाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने लुगा ९हिजाब० लगाउन तालिबानले आदेश दिएको छ।

गएको अगस्टको मध्यमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको हो। उनीहरुले सुरुमा आफूहरु परिवर्तन भएको र महिलासहितको अधिकार रक्षा गर्ने बताएका थिए। तर एकपछि अर्को गर्दै तालिबानले महिला लक्षित कडा प्रतिबन्धात्मक नियम लागू गरिरहेको छ।

इस्लामिक विद्रोही समूह तालिबानले अमेरिकी सैनिकको अन्तिम टोली बाहिरिएसँगै सत्ता कब्जामा लिएर छात्रा तथा युवतीहरुलाई विद्यालय नगई घरमै बस्न आदेश दिएको थियो।

सन् १९९० को दशकमा सत्तामा रहँदा तालिबानले महिलाहरुलाई विद्यालय जान तथा काम गर्न प्रतिबन्ध लगाएको थियो।

अहिले बालिकाहरुलाई विद्यालय जान रोक्ने विश्वको एकमात्र देश अफगानिस्तान बनेको छ। तालिबानले यो प्रतिबन्ध अल्पकालीन रहेको र विद्यालय तथा कार्यक्षेत्र बालिका–महिलाहरुका लागि सुरक्षित रहेको निश्चित भएपछि प्रतिबन्ध हट्ने दाबी गरेको छ।

तालिबानले पछिल्लोपटक जारी गरेको नयाँ नियममा महिलाहरुलाई टेलिभिजन चलचित्र वा शृङ्खलामा भाग लिन नदिने तथा पुरुषहरुले पनि आफ्नो संवेदनशील अंगहरु देखाउन नपाउने उल्लेख छ।

धर्म तथा अफगानहरुलाई अपमान गरिएका हाँस्य वा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रशारण गर्न नपाइने, विदेशी संस्कृतिको बढावा दिने खालका विदेशी चलचित्रहरु प्रशारण गर्न नपाउने नियम लागू गरिएको हो।

अफगानिस्तानका टेलिभिजनहरुले अधिकांश रुपमा मुख्य भूमिकामा महिला रहेका विदेशी ड्रामा देखाउने गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*