पर्साको पटेर्वा सुगौली गादीमा संचालित शिवम लेयर्स फार्मको दुर्गन्धित प्रदुषणले स्थानीयहरु प्रभावित
पर्साको पटेर्वा सुगौली गाउपालिका,२ गादीमा संचालित शिवम लेयर्स फार्म प्रा।लि।को दुर्गन्धित प्रदुषणले स्थानीयहरु धेरै दीनदेखी प्रभावित भएका छन्। आज गादीको स्वास्थ्य चौकी अगाडी करिब ३ सय जना स्थानीयहरुको उपस्तीथीमा मानव स्वास्थ्यको ख्याल न रहेको भन्दै अस्पताल अगाडि ।बिरोध जनाएका छन।
उधोगबाट निसकिने दुर्गन्धीत फोहरको उचित व्यवस्थापन नहुदा र उधोगको लापरवाहीले पटेर्वा सुगौली गापा आसपास दर्जौनो गाउ टोल प्रभावित भएका वडा नं। २ का वडा अध्यक्ष विजय गैरेले वताउनु भएको हो।
उधोगवरिपरी मनव लगाएत, पशु,चरा चुरुङ्गी लगाएत बाली नाली प्रभावित भए सङ्गै दुर्गन्धीत वायु प्रदुसण,नदी,तलाव, जल प्रदुषण, झींगा,लामखुटे,ले खान पकाउदा खानामा पर्नेसमेत रहेको तथा मानव बस्तिमा रहेका मानवहरुमा छालाको रोग देखी सामान्य विभिन्न किसिमका रोग फैलिने गरेको पटेर्वासुगौली गा पा वडा नम्बर,२ का सथानीय नौसाद अन्सारीलेबताउनु भएको हो।
साथै उधोग बाट स्थानीय स्तरमा पर्ने असर बारे पटक९पटक गाउँपालिका लाई समेत जानकारी गाराएको तर कुनै किसिमको सुनवाई नभएको अन्सारिले बताए। यस विषयमा प्रदुषण रोक्नको लागी स्थानियहरुले गरेको बिरोधको बारे शिवम लेयर्स फार्म प्रा।लि।को संचालकलाई बोलाउन जानकारी गराएको गा पा को वडा नम्बर,२ का वडाध्यक्ष विजय गैरेले वताए।
उधोगका संचालक शिवजी साह गुप्ता र स्थानियबिचको छलफलमा उधोगबाट असर नपरोस तथा कुनैपनी किसिमको दुर्गन्धित पदार्थलाइ ब्यवस्थापन गरिने बिसयमा अफु २ महिना भित्रमा सबै निन्त्रणगर्नेसमेत संचालक शिवजी गुप्ताले प्रतिबधता गरेका थिए। छल फलको अन्त्यमा २ महिना भित्र समस्या समाधान भएन भने हामीहरु कानुनी बाटो तर्फ लाग्ने स्थानियहरु को भनाइ रहेको थियो। यात्राडेलीबाट









