ठगी सम्बन्धी मुद्दामा पर्साबाट लोसपाका नेता रामबाबु चौरसिया पक्राउ

कोल्हवी न्यूज
२०७८ मंसिर ५, आईतवार ०६:५८ गते

जिल्ला प्रहरी कार्यालय पर्साले ठगी मुद्दामा एक नेतालाई पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्ष पदका प्रत्यासी रामबाबु चौरसियालाई प्रहरीले बिहिवार बेलुका पक्राउ गरेको हो ।

चौरसिया हाल महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता हुन् । जग्गा सम्बन्धी विवादमा ठगी गरेको उजुरीपश्चात चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपी आफै मेलमिलाउन गराउने भन्दै छोड्ने तयारी भइरहेको पनि प्रहरीको भनाई छ । चौरसिया यसअघि पनि विभिन्न विवादमा मुछिदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*