मकवानपुरगढीमा नेकपा एसको गाउँकमिटी गठन, दाहाल र रेग्मी भए कमिटीको अध्यक्ष र सचीव

कोल्हवी न्यूज
२०७८ मंसिर ५, आईतवार ०६:३४ गते

मकवानपुरगढीमा नेकपा एकीकृत समाजवादीको गाउँपालिका स्तरीय संगठन कमिटी गठन भएको छ । भेलाले कमिटीको अध्यक्षमा अर्जुन दाहाल र सचीवमा रोमनाथ रेग्मीलाई चयन गरेको छ । दाहाल करिब १ महिना अघि मात्र नेपाली कांग्रेस परित्याग गरि नेकपा एसमा प्रवेश गर्नुभएको थियो भने रेग्मी नेकपा एमालेको विगत समयमा जिम्मेवार पदमा रहनुभएको थियो ।

जिल्ला कमिटी सचिवालय सदस्य तथा गाउँ पालिका इन्चार्ज राजन दाहालको सभाध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सह इन्चार्ज एवं बागमती प्रदेश संसदिय दलका मुख्य सचेतक मुनु सिग्देलको प्रमुख आतिथ्यता र पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलको विशेष आतिथ्यतामा आज भएको भेलाले गाउँपालिका स्तरीय संगठन कमिटी गठन गरेको हो ।

भेलाले अर्जुन दाहालको नेतृत्वमा २६ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । कमिटिको उपाध्यक्षहरुमा जुलाफ रुम्बा र एस। के लामा सचिवमा रोमनाथ रेग्मी , उपसचिवहरुमा तिर्थराज लम्साल र सरिता सापकोटा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सन्तराज बिश्वकर्मा, विनोद ढुङगाना, सरिता शर्मा दाहाल, सन्चमान तामाङ्ग, इन्द्र प्रसाद लम्साल, जिवन तिमल्सिना, वीर बहादुर लामा, श्याम तिमल्सिना, वीर बहादुर थिङ, रामशरण तिमल्सिना, माधव पुडासैनी लगायत चयन भएका छन् ।

भेलामा मकवानपुर जिल्ला कमिटी सचिव बिष्णु दाहाल , सचिवालय सदस्य प्रेम भोम्जन , जिल्ला कमिटी सदस्य अर्जुन पोखरेल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*