स्वर्गिय प्रकाश दाहालाई यसरी सम्झीयो अखिल (क्रान्तीकारी)स्वयंसेवक दस्ता मकवानपुरले
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकास दाहालको चौथो स्मृती दिवसको अवसरमा अखिल क्रान्तीकारी जिल्ला स्वयम्सेवक दस्ता मकवानपुरले दिप प्रज्जवल गरी श्रद्धान्जली सभा आयोजना गरेको छ ।

शुक्रबार साँझ हेटौँडामा अखिल क्रान्तीकारी मकवानपुरको जिल्ला स्वयम् सेवक दस्ताले उक्त कार्यक्रम आयोजना गरेको हो ।
श्रद्धान्जलि सभा पश्चात कोहल्वि न्युजलाई अखिल क्रान्तीकारी मकवापुरका स्वयंसेवक दस्ता ईन्चार्ज बुद्धराज अर्यालले भने “नेपालमा गणतन्त्र स्थापनाको लागी प्रकाशको ठुलो योगदान छ,उहाँले देखाएको बाटोलाई हामी सधै अनुसरण गरेर अगाडी बढ्छौँ ।”

अखिल क्रन्तिकारी जिल्ला स्वयम् सेवक दस्ता अध्यक्ष अनिल बसेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा , अखिल क्रान्तिकारी मकवानपुर जिल्ला इन्चार्ज दिनेश सुबेदि,१७ नम्बर अध्यक्ष रोयल बानीया लगायतको उपस्थित रहेको थियो ।
दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।










